चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०८०, बुधबार ०६:३७

बेइजिङ।  चीनले सरकारी कर्मचारी तथा राज्य सञ्चालित कम्पनीका कामदारहरुको विदेश भ्रमणमा कडाइ गरेको छ । विदेशी प्रभावविरुद्धको अभियानका क्रममा चीनले आफ्ना कर्मचारीहरुको विदेश भ्रमणमा कडाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनका १० वर्तमान एवम् अवकाशप्राप्त कर्मचारीले रोयटर्सलाई बताएअनुसार सन् २०२१ यता यस्तो कदम चालिएको हो । यसअनुसार केही कर्मचारीहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ भने केही कर्मचारीहरुको भ्रमण समयलाई पनि सीमित बनाइएको छ । त्यसबाहेक विदेश भ्रमणको स्वीकृतिमा पनि कडाइ गरिएको छ ।

कोरोना भाइरसको महामारीका बेला चीनले बन्द गरेको सीमा खुलेपनि सरकारी कर्मचारीको विदेश भ्रमण गरिएको कडाइ भने उस्तै रहेको रोयटर्सले जनाएको छ ।

गत दुई वर्षमा चीनका ८ सरकारी निकायहरुले कर्मचारीको विदेश भ्रमणसम्बन्धी कानूनलाई थप मजबुत पार्ने घोषणा गरेका थिए । यद्यपि ती सरकारी निकायहरुले कुन कानूनमा के कस्ता परिवर्तन गरिनेछन् भन्नेबारे केही विवरण सार्वजनिक नगरेको रोयटर्सले उल्लेख गरेको छ ।

चिनियाँ कदमले पश्चिमा मुलुकसँग सम्बन्ध खराब हुँदै गएको अवस्थामा राष्ट्रपति सी जिन्पिङले राष्ट्रिय सुरक्षामा ध्यान केन्द्रित गरिरहेको दर्शाउने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१