विवाहेत्तर सम्बन्धले लियो रुपेशको ज्यान, प्रेमिका र उनका ब्वाइफ्रेन्डसहित ३ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०८०, बुधबार ०६:३४

काठमाडौं । सोमबार बाराको कलैयामा गोली प्रहार गरेर हत्या गरिएका बाल एकता बोडिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको खुलेको छ ।

प्रहरीले रुपेशको हत्या आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेकोपछि यो तथ्य बाहिरिएको हो । पक्राउ परेका उनीहरुको पहिचान भने गोप्य राखिएको छ । मंगलबार दिउँसो थप प्रमाण जुटाएर आरोपीतलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

बाराको कलैयास्थित बाल एकता स्कुलका सञ्चालक तथा प्रिन्सिपल रहेका रुपेश एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । तर, ती महिलाका अर्का व्वाइफ्रेन्ड पनि रहेको तथ्य खुलेको प्रहरीको भनाई छ ।

दुई सन्तानका पिता रहेका सर्राफ एक युवतीसँग प्रेममा सम्बन्धमा रहेका थिए ।तर, ती महिलाको अर्का एकजना पुरूषसँग पनि सम्बन्ध रहेको खुलेको छ । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेको तर, प्रेममा परेका सर्राफले प्रेमिका छाड्न नमानेपछि उनीहरुले सर्राफको हत्या गरेको पारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

प्रहरीका अनुसार यसअघि पनि दुइृ पटकसम्म उनको हत्या प्रयास भएको देखिएको छ । घटनाबारे अझैपनि अनुसन्धान जारी रहेको छ । सबै जानकारी पत्रकार सम्मेलनमार्फत दिने प्रहरीले जनाएको छ ।

बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । मोटरसाइकलमा रहेका उनी त्यहीँ ढलेका थिए ।

ढलेपछि पनि उनलाई थप गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१