इजरायलद्वारा युद्ध विराम अस्वीकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८०, मंगलवार १३:२७

काठमाडौँ | इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्ध युद्धविराम गर्नबाट अस्वीकार गरेका छन्। उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्। ‘युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो’, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।
इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।

संयुक्त राष्ट्रसङ्घले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ। सोमबार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय एजेन्सी युएनआरडब्लुले इजराइलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै उक्त क्षेत्रमा सीमित सङ्ख्यामा ट्रकहरू प्रवेश गरेको बताएको थियो।

प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१