फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८०, मंगलवार ०६:१९

काठमाडौं । मासु किन्दा नै सावधानी अपनाउनुपर्छ । खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच गर्नुपर्छ । यसपटक काठमाडौं महानगरले विभिन्न ठाउँमा खसी/बोका भित्र्याउनुअघि नै स्वास्थ्य मापदण्डबारे चेकजाँच गरेको थियो ।

सकेसम्म रातो मासु नखान चिकित्सकहरुको सुझाव रहँदै आएको छ । र, मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार खान हुँदैन् । हाम्रोमा माछा, मासुलगायतका परिकार खाएपछि डेजर्टको रुपमा यस्ता खानेकुरा खाने चलन छ ।

तर, मासु खानेबित्तिकै दही खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन् । यस्तै, फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन् । खुला ठाँउमा राखेको मासु पनि खानुहुँदैन् । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखान चिकित्सकहरुले सुझाव दिने गरेका छन् । धेरै मसला तथा चिल्लो भएको मासु पनि खानुहुँदैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१