एउटा पनि झ्याल नभएको विमान इमेल र फेसबुक पनि चलाउन पाइने (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०८:१३

एउटा पनि झ्याल नभएको विमान इमेल र फेसबुक पनि चलाउन पाइने (फोटो फिचर) यदि तपाइँ विमानमा यात्रा गरिरहनु हुन्छ भने पक्कै पनि झ्यालबाट बाहिरको दृष्य हेर्न निक्कै मन पर्छ होला । तर भविष्यमा यस्ता विमान बन्दै छन् जसमा झ्याल हुने छैनन् । यद्यपी झ्याल नभएको विमान चढेपनि तपाइँले बाहिरको दृष्यावलोकन गर्नबाट बन्चित हुनु पर्ने छैन । किन भने अव बन्ने विमानमा झ्याल नभएपनि पुरै पारदर्शी सिसाको बनौट हुने छ । यो डिजाइनको विमान बजारमा आउँदा विमान संसार नियाल्नका लागि सबैभन्दा उत्कृष्ठ साधन बन्ने छ । बेलायतको एक कम्पनीले विमान निर्माणको क्षेत्रमा क्रान्ति ल्याउन लागेको हो । कम्पनीले विमानको डिजाइन झ्याल नै नराख्ने गरी गरेको छ । तर विमान चढ्ने यात्रुले बाहिरी दृष्य हेर्नबाट बन्चित हुनु पर्ने छैन । बरु पहिले भन्दा पनि राम्रोगरी दुनियाँ नियाल्न सक्नेछन् ।कम्पनीले विमानको बाहिरी भागमा अल्‍ट्रा थिन र हाई-फ्लेक्सिबल स्क्रिन राख्ने छ । यात्रुहरुले यो स्क्रिनबाट बाहिरी दुनियाँ नियाल्न सक्नेछन् । त्यतिमात्र कहाँ होर टच स्क्रिनमा इन्टरनेट समेत चलाउन सकिने छ भने इमेल चेक गर्ने मात्र होइन सामाजिक सञ्जाल समेत चलाउन सकिनेछ । झ्याल नराखेपनि विमानभित्रका यात्री र आसपासको दृष्य हेर्न विमानको बाहिर क्यामेरा जडित हुने र त्यसले भित्रको स्क्रिनमा बास्तविक समयमै सबै गतिविधी देखाउने कम्पनीले जनाएको छ । यो विमानको डिजाइन सेन्टर फर प्रोसेस इनोभेशन (सीपीआई) का बैज्ञानिकहरुले गरेका हुन् । यद्यपी यो डिजाइन कार्यवन्यन हुन बाँकी नै छ । आगामी १० वर्ष भित्र यस्तो विण्डोलेस कमर्शियल एयरक्राफ्ट विमान आइसक्ने कम्पनीले दावी गरेको छ । यो विमानमा यात्रुहरुले वाहिरी दृष्य हेर्ने कि फिल्म वा अन्य मनोरञ्जनका लागि प्रयोग गर्ने भन्ने तय आफै गर्न पाउने छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१