संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०८०, सोमबार ०६:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसको स्वागतमा आयोजित रात्रिभोजमा पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी छन् ।

पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, खिलराज रेग्मीलगायतको सहभागिता रहेको छ । नेपाल ओर्लिएकै दिन महासचिव गुटेरेसले उच्चस्तरीय भेटवार्ता गरेका हुन् ।

उनले  राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्टमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१