बुढानिलकण्ठ-६ का वडा अध्यक्ष खडका “आमाबुवाको” आशिर्वाद लिन घर घरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०८०, शुक्रबार ०७:१५

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष रवी खडकाले वडावासीको घर घरमा पुगेर दशैँको आशिर्वाद लिने अभियान चलाएका छन। महान पर्व विजया दशमीको अवसर पारेर खड्काले वडाका विभिन्न टोलमा बसोवास गर्ने जेष्ठ नागरिकहरुको हातबाट टिका तथा आशिर्वाद ग्रहण गरेका छन।

खड्काले वडा नं ६ का च्यासिन्डोल, धरमपुर ,खड्का गाउँ, खत्री गाउँ ,ओखल गाउँ ,शेराफाट ,पासिकोट र इटालिटार लगायतका टोलमा पुगेर जेष्ठ नागरिकहरुबाट टिका तथा आशिर्वाद लिएका छन।

दशैँ जस्तो महत्वपूर्णचाडको अवसरमा वडावासी संग भेटघाट र आमाबुवाहरु संग आशिर्वाद लिनका लागि विभिन्न टोलमा पुगेको बताउदै अध्यक्ष खड्काले अन्य टोलहरुमा पनि पुग्ने योजना बनाएको जानकारी दिएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१