चीन इबोलाको उच्च जोखिममा, नेपालमा समेत खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०७:४२

पश्चिम अफ्रिकामा महामारीकै रुप लिइरहेको इबोला भाइरस पत्ता लगाउने मध्येका एक वैज्ञानिकले हाम्रो छिमेकी देश चीन समेत इबोला रोगको उच्च जोखिममा रहेको बताएका छन् । ठूलो संख्यामा चिनिया कामदारहरु अफ्रिकामा आवत जावत गर्ने भएकाले इबोला भाइरस चीनमा पुग्नसक्ने ठूलो खतरा रहेको उनको भनाइ छ ।बेलायतको लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका निर्देशक पिटर पायोटले इबेाला भाइरस चीनसम्म पुग्न सक्ने सम्भावना निकै उच्च रहेको बताएका डेलीमेलले उल्लेख गरेको छ । विश्वमा मानिसहरुलाई आवत जावत गर्नबाट रोक्न नसकिने भएकाले जुनसुकै मुलुकमा समेत इबोला रोगी पुग्न सक्ने भएपनि चीन अझै बढी खतरामा रहेको बताएका छन् । चीनमा संक्रमण नियन्त्रणको संयन्त्र समेत निकै कमजोर रहेको र खासगरी आफुले भ्रमण गरेका चीन्का सार्वजनिक अस्पतालमा रोगको संक्रमण नियन्त्रणको तह तल्लो स्तरमा रहेको उनको भनाइ छ । चीनमा इबोला भाइरस आइपुगेमा त्यसले नेपालमा समेत खतरा बढाउने विज्ञहरु बताउँछन् । चीनसँग नेपालको सीमाना जोडिएको र दिनहुँ ठूलो संख्यामा चिनिया पर्यटक नेपाल आउने र नेपालीहरु समेत विभिन्न प्रयोजनका लागि चीन जाने भएकाले चीनमा भित्रिने कुनैपनि संक्रमण नेपाल छिर्ने जोखिम उच्च हुन्छ ।source:onlinekhabar

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१