प्रधानमन्त्री र विपक्षी दलका नेतालाइ बोल्न दिईने समयबारे सिमा तोक्न सकिने सभामुख घिमिरेको भनाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०८०, शुक्रबार ०६:२७

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रधानमन्त्री, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले बोल्ने समयको सीमा तोक्नेबारे छलफल भएको बताएका छन् । दसैँको अवसरमा सम्पादक तथा संसदीय मामिलाका पत्रकारहरूसँग छलफलका क्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री र विपक्षी दलका नेताले चाहेको बेलामा बोल्न दिने र चाहेजति बोल्न दिने प्रचलन रहेको पनि उनले सुनाए । उनले भने, ‘यहाँ पनि केही साथीहरूले यो प्रश्न उठाउनुभयो । संसदभित्र पनि केही माननीयले यो विषय उठाउनुभएको छ । तर, हाम्रो प्रचलन भनेको प्रधानमन्त्री र विपक्षी दलको नेताले चाहेको बेला बोल्न दिने र चाहेजति बोल्न दिने भन्ने छ । यसलाई परिवर्तन गर्ने हो भने पनि छलफल हुनसक्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१