बागमतीमा जम्कट्टेल नेतृत्वको सरकार ढाल्ने कांग्रेसको प्रयास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०८०, शुक्रबार ०६:२५

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेश सभा सदस्य केदार कार्कीले विद्रोह गरेर एमालेको समर्थसहित मुख्यमन्त्री बनेपछि त्यसको बाछिट्टा बागमती प्रदेशमा पनि देखिने भएको छ ।

कांग्रेस बागमती प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढाल्ने प्रयास गरिरहेको पार्टी महामन्त्री गगन कुमार थापाले खुलासा गरेका छन् ।

प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी सरकारको नेतृत्व परिवर्तनका लागि सल्लाह गर्नभन्दै चार जना सांसद आज बिहान छलफलका लागि आएको खुलासा गरेका हुन् ।

‘आज बिहान म कहाँ बागमतीका चार जना साथीहरु आउनु भएको थियो । उहाँहरु के भन्नुहुन्छ भने बागमतीमा हाम्रो ३८ सिट छ, हामी सबैभन्दा ठूला पार्टी हो । हामी माओवादीलाई मान्दैनौं । हाम्रो पनि केही दिनभित्रमा १२÷१३ जना पुग्दैछन् । सरकार बदलौं भन्दै हुनुहुन्थ्यो ।’ उनले भने, ‘मैले भने– कृपया यस्तो कुरामा पार्टी सभापति र वरिष्ठ नेतालाई सोध्नुहोला, मलाई कम ज्ञान छ भनेको छु् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१