काभ्रेबाट ९२ बोरा चिनी बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०८०, शुक्रबार ०६:२२

काठमाडौं । प्रहरीले काभ्रेबाट राजश्व छलेका ९२ बोरा चिनी बरामद गरेको छ।

काभ्रेको बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा बिहीबार दिउँसो सवारी जाँच गर्नेक्रममा ट्रकबाट प्रहरीले चिनी र केहिबोरा धान बरामद गरेको हो।

पनौतीबाट बनेपा जाँदै गरेको धुलिखेल नगरपालिका-२ बस्ने ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना ६ ख ६२१९ नम्बरको ट्रक रोकेर प्रहरीले तलासी लिएको थियो।

त्यसक्रममा ट्रकभित्र ५० किलोका ९२ वटा बोरा र २८ वटा धानका बोरा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।

पछिल्लो केहि दिनयता नेपालका बजारमा चिनीको चरम अभाव देखिँदै आएको छ । दसैं, तिहार लगायतका महत्वपूर्ण चार्डपर्वहरु नजिकिँदै गरेको समयमा चिनीलगायतका अत्यावश्यक बस्तुहरुको कृतिम कालोबजारी बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१