चाडपर्वमा विशेष सुरक्षा योजना कडाइका साथ कार्यान्वयन गर्न आईजीपी कुँवरको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०८०, बिहीबार ०६:३६

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै चाडपर्व विशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने बताए।

कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करी लगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिए।

बजार अनुगमन लगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलाउनुपर्ने उनले उल्लेख गरे।

नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उनको जोड छ।

चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारी सम्बन्धि निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढि ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए।

संगठनको आन्तरिक सुदृढिकरण तथा शुद्धिकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिँदै कानुनको दायरा भन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारवाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने आईजीपी कुंवरको भनाई छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१