लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०८०, बुधबार ०६:५२

काठमाडौं । फिफा विश्वकप-२०२६ को प्रारम्भिक छनोटको दोस्रो खेलमा लाओसविरुद्ध १-० को जित निकाल्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा खेलको ५२औं मिनेटमा नेपालका मनिस डाँगीले गरेको गोलनै निर्णायक बन्न पूग्यो । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण रहेको थियो ।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग खेल्नेछ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१