कांग्रेस संस्थपान इत्तरमा मनमुटाव सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०८०, बुधबार ०६:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कोशी प्रदेशको सत्ता समीकरणमा आफ्नो कुनै उपस्थिति नरहेको बताएका छन् । बाहिर जे आएको छ, त्यही सत्य होला । मेरो अहिले केही साथीहरु बाहेक कसैसँग सम्पर्क छैन । महामन्त्रीसँग पनि सम्पर्क छैन र शेखर कोईरालासँग पनि सम्पर्क छैन । अहिलेको छलफलमा म बाहिर छु । कोशीको मुख्यमन्त्री को बन्ने र पात्र को भन्ने कुरामा समस्या नरहेको बताउँदै उनले पार्टीभित्र कम्तिमा छलफल भएको भए हुन्थ्यो भन्ने चाहेको बताए ।

 

अहिले कांग्रेस इत्तर पक्षभित्रै मनमुटाव सुरु भएको उनको भनाई छ । इत्तर पक्ष एकजुट हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए । आफूहरुको अन्तिम गन्तव्य कोशीमात्रै नभएर पार्टीको १५ महाधिवेशन भएको उनले बताए ।

‘एकै ठाउँछ या दुई टुक्रा भयो मैले कुरा गरेपछि थाहा हुन्छ । बाहिर चाहिँ फेरि मनमुटाव सुरु भयो भन्ने आएको छ । मेरो कुरा चाहिँ इत्तर पक्ष एकै ठाउँ हुनुपर्छ भन्ने हो । किनभने हामीले १५औं महाधिवेशन प्रतिस्पर्धा गर्नुछ । हामीले इत्तर समूहको घेरालाई फराकिलो बनाउन छ । कोशी प्रदेशनै हाम्रो अन्तिम गन्तव्य होईन । हाम्रो तारगेट १५औं महाधिवेशन छ,’– उनले भने ।

सत्ता गठबन्धन र पार्टीमा हलचलनै ल्याउने गरी भएको कोशीको सत्ता समीकरण परिवर्तनमा महामन्त्रीद्वयले थाहा नपाउनु ठूलो घटना भएका उनले बताए । पार्टी सभापति शेरबहादुर देउवाले गरेको भएपनि अथवा शेखर कोईलाले गर्दा पनि पार्टी यसरी चलाउन नहुने उनको भनाई छ ।

‘पार्टीको महामन्त्रीहरु भनेको त पार्टीका मुख्य नेताहरु मध्येका हुन् । शेरबहादुर दाई पछिका मुख्य नेताहरु हुन् । कोशी प्रदेशमा राजनीतिमा हलचलनै ल्याउने गरी, गठबन्धनमा हलचल ल्याउने गरी गठबन्धन बाहिरको समर्थन लिएर हामी सरकार बनाउने ठाउँमा पुग्यौं ।’ उनले भने, ‘अथवा कांग्रेसको विकल्प छैन भन्ने ठाउँमा पुग्यो । नेपाली कांग्रेसको इतिहासमा महामन्त्रीहरुले यति ठूला घटनामा थाहा नपाउनु वा उहाँहरुलाई सहभागी नगराउनु भनेको ठूलो घटना हो । शेरबहादुर दाईले पनि अथवा शेखर दाईले पनि । यसरी पार्टी चलाउन हुँदैन ।’

पार्टी नेता विशेषको प्रभाव क्षेत्रमात्रै नभएको उनको भनाई छ । पार्टीमा लाखौं मान्छेको योगदान रहेको बताउँदै उनले पार्टीलाई कसैको नीजि उद्यम र घरेलु मामला बनाउन नहुने उनले बताए । पार्टीमा अहिले घरेलु मामला, गुटगत मामला र केही मानिसहरुको मात्रै चासोको विषयजस्तो देखिएको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१