मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने/नदिने प्रचण्डको हातमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०८०, बुधबार ०६:४०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सत्ता गठबन्धन दल र आफ्नै पार्टी नेपाली कांग्रसभित्र विद्रोह गरेर नेकपा (एमाले) का ३९ सांसद र कांग्रेसबाट ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई स्वयम् कांग्रेस र गठबन्धन दल माओवादीले विश्वासको मत दिन्छ/दिँदैन धेरैको चासोको विषय बनेको छ ।

माओवादी नेता एवं कोशी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चापागाईँ विश्वासको मत दिनुपर्छ भन्ने पक्षमा रहेको बताउँछन् । आफूहरु केन्द्रको निर्देशन कुरिरहेको बताउँदै उनले विश्वासको मत दिने आधिकारिक निर्णय भोलि विहान संसदीय दलको बैठक बसेर टुंग्याउने बताए ।

‘विश्वासको मत दिने भन्ने आधिकारिक निर्णय त भएको छैन । तर, दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । भोलि विहान प्रदेश संसदीय दलको बैठक बसेर टुंग्याउँछौं । केन्द्रको निर्देशन पनि के आउँछ हेर्छौं,’– माओवादी नेता एवं प्रदेश सभा सदस्य चापागाईँले भने ।

विश्वासको मत दिएपछि सरकारमा जानेकी नजाने भन्ने प्रश्नमा उनले मुख्यमन्त्रीको भूमिकाले सरकारमा जाने नजाने निर्धारण गर्ने बताए । केन्द्रीय सत्ता गठबन्धनको स्प्रिटलाई जोगाउन पर्छ भन्ने पक्षमा माओवादी रहेको उनको भनाई छ ।

‘हाम्रो मान्यता गठबन्धनलाई संगै अगाडि बढाउने हो । एमालेसहितको सहमतिको सरकार बन्दै गर्दा पनि ठीकै छ । मुख्यमन्त्री ज्यूले कस्तो निर्णय लिनुहुन्छ ? हामी सरकारमा जाने नजाने भन्ने कुरा त्यसमा भरपर्छ । गठबन्धन दलहरुबीच भएका गल्ती करेक्सन गरेर अगाडि बढ्नु पर्ने पक्षमा हामी छौं,’– उनले भन ।

पहिला विश्वासको मत लिने काम सकेपछि मुख्यमन्त्रीका भूमिकाको आधारमा मन्त्रालय, सभामुख लगायतका अन्य विषयमा छलफल हुने उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१