१३ लाख घुससहित बाटामै समातिएका सिंचाइका हाकिमलाई डेढ वर्ष कैद ईन्जिनियर प्रकाश अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०८०, सोमबार ०६:५५

काठमाडौं । घुस रकम लिएर काठमाडौं आउँदै गर्दा बाटोमै पक्राउ परेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका तत्कालिन प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिशेष अदालतले बुधबार उनलाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।

बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसंग घुस रकम लिई सरकारी गाडिमा काठमाण्डौ आउँदै गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले भक्तपुरमा पक्राउ गरेको थियो । उनीसँग १३ लाख ३८ हजार पाँच सय भेटिएको थियो । तयस्तै, इन्जिनियर भोगेन्द्र साहसँग एक लख २९ हजार भेटिएको थियो । २ साउन २०७६ मा पक्राउ परेकोमा चार वर्षपछि मुद्दाको फैसला भएको हो । जसमा दुवै जना दोषी ठहर भएका छन् ।

आर्थिक वर्षको अन्तिममा भुक्तानीवापतको कमिसन उठाएर काठमाडौं फर्किदै गर्दा उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१