दशैंको शुभकामना आदान प्रदान र पिकनिक कार्यक्रम तथा तेस्रो बि.एम.जे.दशैं कप २०८० सेभेन ए साईड फुटसल प्रतियोगिता सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
२९ आश्विन २०८०, सोमबार ०२:४४

काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बि.एम.जे.रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत आज कपन स्पोर्टस्को फुटसल मैदानमा तेस्रो बि.एम.जे.दशैं कप २०८० सेभेन ए साईड फुटसल प्रतियोगिता साथै दशैंको शुभकामना आदान प्रदान र पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको चाड पर्वको रुपमा लिईने दशैं,तिहार र छठ नजिकिदै गर्दा यसलाई भब्यताको साथ मनाउन बिभिन्न संघ, संस्था,क्लबहरुले आफु अनुकुल कार्यक्रमहरु गर्ने परम्परा आज भोलि पनि कायमै रहेको छ ।
बिहान ६ बजे बाट ११ बजे सम्म कपन स्पोर्टस् को फुटसल मैदानमा भएको प्रतियोगितामा माउन्ट कन्चनजंघा,माउन्ट चोओयु, माउन्ट एभरेष्ट,माउन्ट ल्होत्से,माउन्ट मनासलु गरि ५ टिमले भाग लिएको थियो ।
सबै खेलमा जित हातपार्दै फाईनलमा पुगेका टिम कन्चनजंघा र टिम माउन्ट एभरेष्ट बिचको खेलको निर्धारित समयमा दुवै पक्षले गोलगर्न नसके पछि पेनाल्टि मार्फत टिम माउन्ट एभरेष्ट ले जित हासिल गरेको थियो ।
सहभागि सबै खेलाडीहरुलाई माई सेकेन्ड टिचरको तर्फबाट टिसर्ट प्रदान गरिएको थियो भने पहिलो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा बेष्ट डिफेन्डर रोमन तिमल्सिना ,हाईस्कोर शन्तोष श्रेष्ठ,बेष्ट गोलकिपर बासुदेव न्यौपाने छनौट भएका थिए ।
क्लबले यो बर्षको उत्कृष्ट बर्ष खेलाडी कृष्ण बराल लाई घोषणा गरेको छ ।
स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।
कार्यक्रमलाई भब्य र सभ्य बनाउन बिभिन्न सहयोगी हातहरुको सहयोग रहेको आयोजक संस्थाका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् ।
माई सेकेन्ड टिचर,हातिगौंडा नेवारी खाजाघर,द चिल हाउस,हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड,हिमालयन शेर्पा होटल ,एसियन कटेज एण्ड रिसोर्ट ककनी,गोल्डेन एचिभर्स, अम्बिका फार्महाउस लगायतले यो प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेको आयोजक पक्षले जानकारी गराएको छ ।
मेडिकल सपोर्ट ह्याम्स अस्पतालले गरेको थियो भने सम्बन्ध एग्रो फार्म,आरबि ईलेक्ट्रिक एष्ड ईलेक्टोनिक्स
यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१