जगडोलमा प्रहरी र लुटेरा समूहबीच जम्काभेट, दुई राउण्ड फायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०८०, बिहीबार १४:५२

काठमाडौँ । काठमाडौंको बौद्धस्थित जगडोलमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न समूहसँग जम्काभेट हुँदा पेस्तोल देखाएपछि जवाफी फायर गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले  बताए ।

प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । घलानको दाहिने घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि जोरपाटीस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

घटनास्थलबाट दुईजनालाई पक्राउ गरिएको एसएसपी राठौरले जानकारी दिए । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा घाइते भएका छन् । लुटेरा समूहको दुइवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

घटनास्थलबाट फरार रहेका केही ब्यक्तिलाई प्रहरीले खोजी रहेको छ । लुटेरा समूहको साथबाट प्रहरीले एक थान सनासो बरामद गरेको छ । सो समूहको साथबाट ९ एमएम पेस्तोल १ थान र ७ राउण्ड गोली पनि बरामद गरिएको एसएसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१