अनलाईनमार्फत ठगी गरेको आरोपमा सनिषा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०८०, बिहीबार ०६:२८

काठमाडौं।  प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् । उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

आफू इटालीको नागरिक रहेको बताइ विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँचहजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने भन्दै उनले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुबाट पटकपटक गरी १७ लाख १५ हजार रुपैयाँ उनले ठगी गरेकी थिइन् । पक्राउ परेकी मल्ललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१