कपन स्पोर्टस् मा तेस्रो बि.एम.जे.दशैं कप २०८० फुटसल हुँदै

evccfn@gmail.com' rastriyakhabar
२४ आश्विन २०८०, बुधबार ०९:२७

काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।
नेपालीहरुको चाड पर्वको रुपमा लिईने दशैं,तिहार र छठ नजिकिदै गर्दा यसलाई भब्यताको साथ मनाउन बिभिन्न संघ, संस्था,क्लबहरुले आफु अनुकुल कार्यक्रमहरु गर्ने परम्परा आज भोलि पनि कायमै रहेको छ ।
यसैबिच बुढानीलकण्ठ ७ कपनमा रहेको बि.एम.जे.रिलोडेड फ्रेण्डस् एण्ड फिटनेस ले आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप तेस्रो बि.एम.जे.दशैं कप २०८० सेभेन ए साईड फुटसल प्रतियोगिता साथै दशैंको शुभकामना आदान प्रदान र पिकनिक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम यहि असोज २७ गते शनिवार बिहान छ बजे बाट एघार बजे सम्म कपन स्पोर्टस् को फुटसल मैदानमा हुने प्रतियोगितामा माउन्ट कन्चनजंघा,माउन्ट चोओयु,माउन्ट एभरेष्ट,माउन्ट ल्होत्से,माउन्ट मनासलु गरि पाँच टिमले भागलिने आयोजक संस्थाले जानकारी गराएको छ ।
कार्यक्रमलाई भब्य र सभ्य बनाउन यतिबेला आयोजक टिमका सबै सदस्यहरु अहोरात्र खटिरहेको आयोजक संस्थाका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् ।
यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१