प्रवासी तामाङ एकता समाज मलेसियाद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०६:२४

10733626_640229009427401_745563676_nकाठमाडौं । प्रवासी तामाङ एकता समाज मलेसियाले क्यान्सरपीडित चिनीमाया तामाङलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।
समाजको पहलमा मलेसियामा सङ्कलन भएको सहयोग वापतको रकम रू.७२ हजार रुपैयाँ आज पीडित तामाङलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरणका लागि काठमाडौंमा रहेका समाजका सदस्य अमृत घिसिङ भक्तपुर क्यान्सर अस्पतालमा पुगेका थिए । उनी दुई दिनअघि मात्रै क्वालालम्पुरबाट काठमाडौं आइपुगेका हुन् ।
सिन्धुपाल्चोक जिल्ला सिरुबारी गाविस वडा नं. ५ बुलबुले निवासी चिनिमाया तामाङ ६ महिनादेखि रोगबाट थलिनुभएको छ ।
समाजले दिएको जानकारीअनुसार सहयोगीहरू निम्न बमोजिम रहेको छ:
१. सोनाम तामाङ (युनिक सुपर मार्केट एन्ड रेस्टुरेन्ट), क्वालालम्पुर RM – 500
२. पासाङ तामाङ (द खुकुरी रेस्टुरेन्ट), क्वालालम्पुर RM – 300
३. काबेल सुब्बा (विजय हिल एक्सपोर्ट ईम्पोर्ट पसल), क्वालालम्पुर RM – 290
४. सुन्दर आले एल बि मगर (लाङघाली किनमेल सेन्टर), क्वालालम्पुर, RM – 201
५. गोल्डन ईगल सेकूरेटी आम्पाङ RM – 148
६. शर्मिला तामाङ काठमान्डु रेस्टुरेन्ट , क्वालालम्पुर, RM – 31
७.अमृत घिसिङ चक्रबहादुर तामाङ सपना ट्रेडिङ SDN=BHD तथा
QNET Oversea Marketing SDN BHD RM – 185
८. शेर घिसिङ (द खुकूरी रेस्टुरेन्ट) क्वालालम्पुर RM – 555
९. भीम लोप्चन तामाङ क्वालालम्पुर RM -200
जम्मा मलेसिया, रिङगेट -2400
नेपाली रुपियाँ ७२ हजार

प्रतिक्रिया