गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको बिजुली लाइन काटिने,४५ दिन भित्र बक्यौता तिर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८०, मंगलवार ०६:५०

काठमाण्डौ । काठमाण्डौ जिल्लाका गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको बिजुली लाइन काटिने खतरा बढेको छ। नेपाल बिद्युत प्राधिकरणले असोज २१ गते सुचना जारी गर्दै ४५ दिन भित्र बक्यौता रकम तिर्नका लागि आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सुचनाका अनुसार गोकर्णेश्वर नगरपालिकाले १ करोड ७६ लाख ५९ हजार १७ रुपैया ४६ पैसा तिर्न बाँकी रहेको उल्लेख गरिएको छ। त्यस्तै उक्त सुचनाका अनुसार बुढानिलकण्ठ नगरपालिकाले १ करोड ४२ लाख ९९ हजार ५ सात ५१ रुपैया ६२ पैसा बिद्युत महसुल बुझाउन बाँकी रहेको छ।

प्राधिकरणले प्रकासित गरेको सुचनामा ४५ दिन भित्र उक्त रकम नबुझाएमा नेपाल बिद्युत प्राधिकरण बिद्युत संकलन बिनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही हुने जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१