रसुवामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु, पाँच घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८०, मंगलवार ०६:२८

रसुवा । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१