सिक्किममा १० नेपाली बेपत्ता, खोजीमा कठिनाइ असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८०, मंगलवार ०६:०८

विराटनगर । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ ।kfc

इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् ।‘टिष्टामा आएको बाढीपछि उहाँहरु आफन्तसँग सम्पर्कविहीन हुनु भएको छ । सरकारबाट तदारुकताका साथ खोजी आवश्यक भयो,’ फियाकले भने ।

बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताए ।

‘दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको छ । उता सम्पर्क स्थापित भएको छैन । सिक्किमका मिडियामा हामीले खबर गरेका छौँ,’ पोखरेलले भने, ‘प्रहरीसँग सम्पर्क हुने अवस्था पनि छैन । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुनै सकेको छैन ।’

उता, माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बेपत्ता व्यक्तिहरुको खोजी र उद्धारका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

घटना के भएको थियो ?

बीबिसीका अनुसार असोज १६ गते मङ्गलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो ।

बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो ।

रक्षा मन्त्रालयका एकजना प्रवक्ताले तल्लो तटिय क्षेत्रहरूमा अचानक १५–२० फिट सम्मले जलसतह बढेको बताएका थिए । नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप जटिल बनेको बताइएको छ ।

सीडब्ल्यूसीका अनुसार अधिकारीहरूले केही सैन्य गाडी हिउँको लेदोमा डुबेको बताएका थिए । कैयौँ बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा ३ हजार भन्दा धेरै पर्यटक रोकिएका छन् । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् । त्यसमध्ये इलामका स्थानीय पनि रहेका छन् ।

तस्बिरः बिबिसी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१