हत्यारालाई आममाफी दिएर सरकारले जनता रुवायोः सांसद् राजेन्द्र पाण्डे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८०, सोमबार ०६:१४

काठमाडौं । सरकारको सहयात्री दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकारले जघन्य अपराधमा संलग्न रहेकाहरुलाई आममाफी दिएर कानूनी राज्यको उपहास गरेको टिप्पणी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले संविधान दिवसको अवसरमा व्यक्ति हत्याको आरोपमा जेलमा सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिएको भन्दै आपत्ति जनाए । उनले हत्यारालाई आममाफी दिएर सरकारले जनता रुवाएको दाबी गरे ।

‘संघीयतालाई कमजोर बनाउने गतिविधिहरु अहिले पनि केही भइराखेका छन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने खालको अपराधिक गतिविधिमा संलग्न व्यक्ति जो जेलको सजाय पाइराखेका थिए। त्यस्ता व्यक्तिलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौं। अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिईरहेका छैनौं,’ उनले भने, ‘विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यो काम गर्न सकिरहेका छैनौं। महंगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौं। यस्ता खालको कुराहरूमा विशेष ध्यान पु¥याउन जरुरी छ। हामीले अहिले ल्याएको विद्यालय शिक्षा विधेयक पनि अपुरो छ।’

सरकारले नवौं संविधान दिवसको अवसरमा गत असोज ३ गते नेपालगञ्जका ढकाललाई आमामाफी दिएको थियो । उनलाई नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा अदालतले जन्मकैदको सजाय तोकेको थियो । जसकोविरुद्धमा सर्वोच्चमा रिटसमेत परेको छ । उक्र रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले २४ असोजसम्ममा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१