आफ्नै छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८०, सोमबार ०६:१२

काठमाडौँ । लमजुङमा आफ्नै छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु भएको छ ।

गत १० असोजमा छोराले चक्कु प्रहारबाट घाइते भएका क्व्होलासोथार गाउँपालिका–९ गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा शनिबार अपराह्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने २८ वर्षीय छोरा सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण सुजनले बाबुमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१