सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८०, सोमबार ०६:०७

काठमाडौँ।  प्रहरीले विद्युतीय चुरोट भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि पूर्वसभामुख महराका छोरा राहुलसहित चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका थिए । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१