कुवेतमा एनआरएनएको कार्यक्रममा हातहालाहालको अवस्था एनआरएनएको खोल ओडेर राजनिति गरेको आरोप

evccfn@gmail.com' rastriyakhabar
२१ आश्विन २०८०, आईतवार २१:५१

कार्यक्रममा एनआरएनएको अर्काे समूहका अध्यक्ष रणध्वज लामा पनि अतिथि बक्ताका रुपमा बेलाइएका थिए तर कार्यक्रम शुरु भएलगत्तै एकहुल नेपाली युवा प्रवेश गरी एनआरएनएका नाममा राजनीति गर्न नपाइने भन्दै आयोजकको व्यानर च्यातच्युत पारिदिएको थियो । यो घटनाले कार्यक्रम त विथोलियो नै आयोजक र अर्को समूहबीच चर्को वाद विवाद पनि भएको बुझिएको छ ।
कार्यक्रम विथोलिएपछि आयोजक पक्षको एनआरएनए कुवेतका सचिव कृष्ण केसीले एक विज्ञप्ति जारी गरी रणध्वज लामाको समूहले व्यानर च्याती हुलदंगा गरेको र आफ्नो समूहलाई धम्की दिएको आरोप लगाएका छन् ।
उनले अर्को समूहका अध्यक्ष लामालाई ‘गुण्डा’ भन्दै विज्ञप्तिमा अराजक कार्यको घोर भत्सर्ना गरेको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१