कपनका बाढी प्रकोप पिडितले आमरण अनसन बस्ने दिए चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०८०, शुक्रबार ०६:४२

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले कपन क्षेत्रको खोला खोले संगै ढल र बाढीको प्रकोपले पिडित बनेका स्थानीयहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन।

काठमाण्डौ महानगरपालिकाले एकाएक खोला खोलेर बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ तथा काठमाण्डौ महानगरपालिकाका वडा नं ६ र ७ का विभिन्न स्थान थप पूर्वाधार निर्माण नगर्दा पिडित बनेका स्थानीयहरुले उपत्यका विकाश प्राधिकरणको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका हुन्।

खोला खुल्ला रहेको अवस्थामा सो क्षेत्रमा ढलको दुर्गन्ध फैलिएको र त्यसका कारण विभिन्न रोगको शिकार बन्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्राधिकरण पुगेका पिडित स्थानीय र महानगरको कदमका समर्थक विच झन्डै झडपको अवस्था सिर्जना भएको एक सहभागीले कपन अनलाइनलाई जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई ,काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य देव बज्राचार्य लगायतको उपस्थितिमा भएको छलफलमा पिडित स्थानीयहरुले खोला खोलेपछि त्यसको उचित व्यवस्थापन नगरिएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए।

साततले देखि मिलन चोक सम्म खोलिएको खोलाका कारण आवतजावतमा चरम समस्या परेको र दैनिक अत्यावस्यक काममा समेत निकै बाधा परेको भन्दै पिडितहरुले प्राधिकरणको सो छलफलमा दुख व्यक्त गर्दै आगामी दिनमा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१