लाजिम्पाटको एक रेस्टुरेन्टमा काठमाडौं महानगरको ताला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०८०, शुक्रबार ०६:१८

काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटको एक रेस्टुरेन्टमा ताला लगाएको छ।

बिहीबार महानगरपालिका-३ स्थित लाजिम्पाटमा रहेको फो-९९ रेष्टुरेन्टमा खान योग्य नभएका सामान भेटिएपछि ताला लगाएको महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार ग्राहकले उक्त रेष्टुरेन्टको म: ममा साङ्ला भेटिएको गुनासो गरेका थिए।

अनुगमन टोली उक्त रेस्टुरेन्टमा पुगी अनुगमन गर्दा त्यहाँ खान नमिल्ने अखाद्य वस्तुहरू भेटेको महानगरले बताएको छ।

पछिल्लो समय महानगरपालिकाले रेस्टुरेन्ट, क्याफेहरूमा अनुगमन गर्दै कारबाही गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१