पाँच सय जरिवाना तिरेर छुटे आचार्य श्रीनिवास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०८०, शुक्रबार ०६:०९

काठमाडौँ । धार्मिक उत्तेजना फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ परेका आचार्य श्रीनिवास रिहा भएका छन् । उनलाई ५ सय जरिवाना तिराएर रिहा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसको केही घण्टापछि आचार्य पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका हुन् । धनुषाका एसपी विश्वराज खड्काले आचार्य बिहीबार साँझ रिहा भएको जानकारी दिए । उनका अनुसार धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले उनलाई जरिवाना गरेर रिहा गर्ने आदेश दिएका थिए ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएपछि मंगलबार सुनसरीबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१