मन्त्री, सांसद र धनीमानीका छोराछोरीको एउटै उद्देश्य देश छोड्नेः केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०८०, शुक्रबार ०६:०५

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मन्त्री, सांसद, धनीमानी र साहु महाजनका छोराछोरीको एउटै उद्देश्य नेपाल छाड्ने रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उनीहरुले नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गरेको आरोप लगाएका हुन् । पढाइका नाममा धनीमानी, मन्त्री, सांसदका छोराछोरीहरु सके अमेरिका, युरोप, अष्ट्रेलिया जाने त्यो पनि नसके जापान जाने गरेको उनको भनाई छ ।

‘मन्त्रीका छोरा, सांसद्का छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटैमात्र उद्देश्य के छ भने नेपालमा केही हुन्न । अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसेकम जापान, पढाइका नाममा । यो सुनियोजित किसिमले मुलुक रित्यउने स्थिति बनेको छ । यो एजेण्डामा संसदमा हामीले विशेष छलफल गर्नपर्छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१