मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०८०, बिहीबार १६:३२

काठमाडौं ।  कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। बिहीबार अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय बालकको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले सिसिटिभी फुटेजको माध्ययमबाट पनि मोटरसाइकल चालकलाई खोजी गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१