काठमाडौँ । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेको सञ्चालक समितिका अध्यक्ष पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई मंगलबारनै पक्राउ गरेको हो । प्रहरीले उक्त सहकारीबाट पीडित शेयर सदस्यहरुलाई प्रहरीसँग सम्पर्क राख्नसमेत अनुरोध गरेको छ।
सञ्चालक समितिका सदस्यहरुले क्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाएर निक्षेपकर्ताको रकम सहकारी मुद्दति, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै सदस्यहरुले जाहेरी दिएका थिए।
सहकारीका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।
मंगलबार पक्राउ परेका अध्यक्ष चौलागाईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया