केसीले पाए पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०८०, बिहीबार ०६:४६

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी राजु केसीलाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा केसीले अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी पाएका हुन् ।

अख्तियारले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् । थापा निलम्बित भएपछि कोष सन्चालक समिति सदस्यबाट केसीलाई जिम्मा दिइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१