आफ्नै आमाले पाँच वर्षीय छोराको हत्या गरेर टाउको पकाएर खाए पछि ….

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०८०, बिहीबार ०६:३०

इजिप्टमा एक महिलाले आफ्ना पाँच वर्षको छोराको हत्या गरेर टाउको पकाएर खाएकी छिन् । त्यसपछि त्यहाँको एक अदालतले ३० सेप्टेम्बरमा महिलालाई पागल घोषित गरेको छ । महिलाको नाम हना मोहम्मद हसन हो ।घटना इजिप्टको फाकुस इलाकाको हो ।

अदालतले आफ्नो निर्णयमा आरोपी हना हसनले छोरालाई पागलपनको अवस्थामा हत्या गरेको ठहर गर्दै उनलाई मानसिक अस्पतालमा राख्न आदेश दिएको छ ।

प्रमाण मेटाउने कोसिसमा छोरा युसुफको शव टुक्रा पारिन्अनुसन्धान गर्दा आरोपी महिलाले चक्कुले छोराको हत्या गरेको पत्ता लागेको छ । उनले घरको सबै झ्याल–ढोका बन्द गरेर छोराको टाउकोमा तीनपटक चक्कुले हमला गरेको अनुसन्धानमा खुलासा भएको छ ।

अनुसन्धानमा खुलासा भए अनुसार हनाले प्रमाण मेटाउने कोसिसमा युसुफको शवलाई टुक्रा टुक्रा पारिन् । खाना पकाउनु अघि पानी उमालिन् र छोराको टाउको र मासुको टुक्रा हालेर केही बेर पकाइन् र खाइन् ।

परिवारले पानीको बाल्टीमा शवको टुक्रा देखेपछि शङ्काडेली मेलका अनुसार आरोपी आमाले छोराको हत्या गरेर उनको टाउको पानीको बाल्टीमा हालेको जानकारीमा उल्लेख छ । युसुफको शरीरका केही टुक्रा काकाले बाल्टीमा देखेपछि हत्यामा आमाको संलग्नताको आशङ्का गरिएको थियो ।

त्यसपछि ती महिलामाथि सोधपुछ गरियो । प्रहरीका अनुसार गिरफ्तारीपछि ती महिलाले छोराको हत्या गरेर टाउकाको केही भाग खाएको कुरा स्विकारिन् ।

यस्तो किन गरेको भनेर प्रश्न गर्दा छोरालाई सधैँ आफैँसँग राख्न हत्या गरेर खाएको उनले बताइन् ।

श्रीमानसँग सम्बन्ध विच्छेदपछि छोरासँग एक्लै बसिरहेकी थिइन् आरोपी आमाहसनले गिरफ्तारीपछि फाकुस प्रहरीलाई आफू मानसिक रोगबाट पीडित भएको बताइन् र आफ्नो उद्देश्य बच्चालाई हानी गर्ने नभएको पनि स्पष्ट पारिन् । श्रीमान्सँग सम्बन्ध विच्छेदपछि महिला र उनको बच्चा एक्लै बसिरहेको थियो ।

उनका पूर्व श्रीमान् एचएले स्थानीय मिडियासँगको कुराकानीमा आफूलाई प्रहरीले छोराको शव हेर्न नदिएको बताए । उनले भने, ‘त्यहाँको भयानक स्थिति देखेर प्रहरीले मलाई छोराको शव हेर्न दिएनन् ।

हामी चार वर्ष अघि छुट्टिएका हौँ । उनलाई उनका बुवाले जग्गा दिएका थिए त्यसैले उनले मलाई मेरो परिवार छोड्न र उनीसँगै त्यहाँ गएर बस्न दबाब दिइरहेकी थिइन् ।

मैले त्यसो गरिनँ त्यसैले सम्बन्ध उनकै इच्छामा तोडिएको थियो । सम्बन्ध विच्छेद पछि पनि मिल्न खोजेको थिएँ तर उनी मानिनन् ।’उनले थपे, ‘छोराले नै मलाई उनीसँग जोडेर राखेको थियो । म छोरालाई भेट्न गइरहन्थेँ ।

उनलाई लुगा लगिदिन्थेँ, केही चाहिएको छ भने किनिदिन्थेँ ।’‘तर पछिल्लो समयमा उनले मलाई छोरा भेट्न दिँदैन थिन् । छोराको मनमा मप्रति घृणा पनि जगाइदिएकी थिइन् ।’छोरा भेट्नका लागि म उनको परिवारसँग सम्पर्कमा थिएँ ।

उनी ठिक भए नभएको खोजी गर्थेँ ।’उनका वकिल समीर मोहम्मद सालेहका अनुसार आरोपीले आफूसँगको कुराकानीमा भनेकी थिइन्, ‘म मेरो छोराको बुवासँग बदला लिन चाहन्थेँ । उनको बुवा धेरैजसो घरमा आइरहन्थे र उनलाई मबाट खोसेर लैजान चाहन्थे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१