नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुल्यो :प्रधानमन्त्री प्रचण्ड ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०८०, बिहीबार ०६:०४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् । नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको छ । परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु । नेपालको विकासमा निरन्तर सहयोग र साथ उपलब्ध गराउँदै आएकोमा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु’, प्रचण्डले भने ।

सो अवसरमा अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको विकासमा सघाउ पु¥याउने आयोजनाहरू सहितको एमसीसी नेपाल कम्प्याक्टले राम्रा सडक र थप भरपर्दाे विद्युत् उपलब्ध गराएर नेपाली जनतालाई लाभान्वित गर्ने बताए ।

 

उक्त अवसरमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइटले भनाइ थियो, ‘नेपालका लागि महत्त्वपूर्ण आर्थिक उपलब्धि हासिल गर्नका लागि यस कार्यक्रमसम्बन्धी लक्ष्य निर्धारण गर्ने सन्दर्भमा हामीले नेपाल सरकारसँग सहकार्य गरेका थियौँ । निश्चित चुनौतीहरू सामना गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि हामी प्रतिबद्ध साझेदारका रूपमा उभिन हामी तयार छौँ र यस सन्दर्भमा नेपाल सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसिए–नेपालप्रति पूर्ण विश्वस्त छौँ । यस कार्यक्रमबाट नेपाली जनताको जीवनमा पर्ने सकारात्मक प्रभाव हेर्न म निकै आतुर छु ।’

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले एमसीसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासका लागि सहयोग पु¥याउने अर्को एउटा महत्त्वपूर्ण अमेरिकी पहल भएको बताए । उनले नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा यो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताए ।

आफ्नो तीन दिने नेपाल भ्रमणका क्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्च अधिकृतहरू एवं विभिन्न सरोकारवालासँग भेटवार्ता गर्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन वृक्षरोपण कार्यक्रममा सहभागी भएको एमसीसी नेपालले जनाएको छ ।

नेपाल सरकार तथा एमसीसीबीच नेपालमा विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो । यस्तै सो सम्झौता केहीअघि मात्रै औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । संसदबाट ब्याख्यात्मक घोषणासहित पारित यो यो सम्झौताको केही पक्षले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१