सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै काम नगर्न बाँके प्रशासनकाे चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार १३:२३

काठमाडौं।जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै काम नगर्न चेतावनी दिएको छ ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी दिएको हो ।

बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ ।

पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्‌भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ।

हिन्दु र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर २१, २०८०