‘रिगल’को कैद मिनाहाविरुद्ध अनशन बसेकी भारती सर्वोच्च अदालत परिसरमै ढलिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार १३:०४

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।रिगललाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी हुन । रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन् । भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।

आममाफी दिएपछि प्रतिवादमा उत्रिँदै आजबाट आमरण अनशन थालेकी उनी सर्वोच्च परिसरमा न्याय माग्न पुगेकी थिईंन । सर्वोच्च परिसरमा पुग्नासाथ उनी बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लगिएको छ । उनलाई वीर अस्पतालमा लगिएको छ । ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर २१, २०८०