बालेन विरुद्ध कपन चकुन्चाका स्थानीय आन्दोलित भत्काउनलाई दुई दिन, बनाउनलाई कति दिन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार ०६:५५

काठमाडौं । कपनमा महिनौं दिन बित्दापनि चकुन्चा (खहरे खोला) खोलको व्यवस्थापन नभएको भन्दै कपनका स्थानीय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध आन्दोलित भएका छन् । साउनको अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधरणले अहिले दुर्गन्धको सामना गर्नु परेको छ।

काठमाडौं महानगरले एकलौटी ढंगले खहरे खोतल्दा जोखिमको अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको थियो । सोही समयमा व्यवस्थापनका अन्य कुरा चाडो सक्ने भनिएको थियो । तर अझैपनि व्यवस्थापन हुन नसक्दा कपनका सर्वसाधरण आन्दोलित भएका हुन् ।

खहरेमा पानी घट्दै जादा दुर्गन्ध बढेकाले सर्वसाधरण आत्तिएका छन्। फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ। हैजाको डरले सताउन थालेको सर्वसाधरण बताउँछन्। खहरे खोल्ने बेलामा यो पक्ष उ पक्ष भनेर छुटीएपनि अहिले दुवै पक्षले उस्तै समस्या भौग्दै छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१