ओलीको चेतावनी: तपाईहरुले न्यायपालिकालाई गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार ०६:२२

काठमाडौं ।   संसद् बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकराले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् । उनले न्यायापालिकालाई स्वतन्त्ररुपमा रहन नदिएर विभाग बनाउन खोजिएमा आफ्नो दल चुप लागेर नबस्नेसमेत चेतावनी दिए ।

‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा’, ओलीले भने, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं ।’

न्याय परिषद्ले लिएको जिल्ला न्यायाधीशको परीक्षामा असफल भएकाहरुलाई राजनीतितक भागबन्डाका आधारमा न्यायाधीश बनाएको भन्दै ओलीले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका हुन् । त्यस्तै ओलीले आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको ओलीले आरोप लगाए ।

‘मेरा विरुद्धको मुद्दामा उफ्री उफ्री बहस गर्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपर्ने रहेछ । एक वर्ष हुन आँट्यो निर्वाचनको गुन अझै सम्झिरहेको रहेछ’, ओलीले न्यायाधीश नियुक्तिबारे टिप्पणी गरे ।

तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेका थिए । जसकोविरुद्धमा सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिटमा बहस गरेका वरिष् अधिवक्ता सम्भु थापा र सर्वोच्च बारका तत्कालीन अध्यक्ष पूर्णमान शाक्यले पनि जिल्ला न्यायाधीशको नियुक्तिमा आफ्नो ल फर्ममा काम गर्ने दुई जनालाई घुसाएका थिए । जसको चौतर्फी आलोचनासमेत भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१