प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८०, मंगलवार १२:५१

काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।यस्तै, आज चाँदीको मूल्यपनि घटेको महासंघले जनाएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेसँगै कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर २१, २०८०