दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८०, मंगलवार ०६:०७

काठमाडौँ। चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीको संख्या बढ्न थालेको छ। विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ।

मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने यात्रु भन्सार तथा प्रहरीको कारबाहीमा परेमा त्यस्तो मालवस्तु त जफत हुन्छ नै सोही मूल्य बराबरको धरौटी तिर्नुपर्छ। जरिवाना र कैद पनि हुन्छ।

कतिपय यात्रु गल्ती थाहा नपाई भन्सार तथा प्रहरीको अनुसन्धानमा परेका हुन्छ। हामीले विदेशबाट आउने यात्रुले कसरी कानुनी कारबाही पर्छन्।

यात्रुले ख्याल गर्नु पर्ने कुरा के हो? विदेशबाट आउँदा के–के ल्याउने पाइन्छ? भन्सार नतिरी ल्याउने पाइने के हो? भन्सार स्वःघोषणा गरेर ल्याउन पाइने के हो भनेर यहाँ समेटेका छौँ।

विदेशबाट आउने यात्रु मुख्यतया तीन कारणले बढी कारबाहीमा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए।

पहिलो अपरिचित व्यक्तिले बोकाएको सामानको कारण, भन्सार नतिरी ल्याउन पाइने सामानको विषयमा जानकारी नभएर र तेस्रो, भन्सार स्वःघोषणा गरी निश्चित भन्सार तिरेर सामान ल्याउन पाइने तर, त्यस्तो सामान स्वघोषणा नगरेको कारण।

‘कति यात्रुलाई केही थाहा हुँदैन, उसको नियतमा पनि खराबी नहुन पनि सक्छ तर उसले कानुनतः गल्ती गरेपछि हामीले छोड्न मिल्दैन,’ पाण्डेले भने, ‘आफूले ल्याउन मिल्ने सामानको विवरण थाहा पाएर मात्रै सामान ल्याउनु र अपरिचित व्यक्तिले लोभ लालचमा बोकाएको सामान नबोक्नुस्।’

पछिल्लो समय मेरो घरमा पुर्‍याउने उपहार हो भन्दै विभिन्न देशबाट नेपाल आउँदै गरेको यात्रुलाई प्रलोभनमा पारी बोकाइएको सामानको कारण यात्रु कानुनी कारबाहीमा परेको विमानस्थल भन्सार कार्यालयका अधिकारीले बताएका छन्।

कार्यालयकाअनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइल्यान्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिहरूले मेरो घरमा पुर्‍याउने उपहार हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउनुहुन्छ तपाइलाई केही पैसा सहयोग गर्छु भन्दै प्रलोभनमा पारी विभिन्न सामानहरू बोकाउने गरेका छन्।

विदेशबाट आउने यात्रुलाई विशेष अनुरोध गर्दै भन्सार कार्यालयले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा व्यक्तिगत प्रयोजनमा राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरिएका सामान बाहेक अन्य सामान नल्याउन आग्रह गरेको छ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ?

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी ल्याउन पाउने सामानको सूची तथा मात्रा परिवर्तन गरिएको छ।

सुन
पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन। यसै गरी पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन।

त्यस्तै एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ।

तर, गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता दिइएको छैन। यसरी लिएमा भने कारबाहीमा परिन्छ।

मोबाइल

मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ। थप एक थान मोबाइलका लागि भने भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ।

टिभी

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन।

तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाइन्छ। अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था छ।

पैसा
५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्छ। रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु पर्ने छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१