‘भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जान्छन्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८०, मंगलवार ०५:५२

पोखरा।  एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका छन् ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका हुन् ।

सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनले जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१