सलामी देखी मलामी सम्म यात्रा बृतान्त - !

evccfn@gmail.com' rastriyakhabar
१५ आश्विन २०८०, सोमबार १३:५८
  • शम्भु उप्रेती
कुनै पनि पेशा ब्यबसाय बाट निश्चित अबधी सेवा गरे पश्चात अबकास हुनु स्वभाबिक, गौरब लायक नियमित प्रकृया हो । त्यसमा पनि रास्ट्र सेवक हुनुको परीचय र गौरब अनुभुति को शब्दमा बर्णन गर्न सजीलो छैन यस्तो अबसर सबैलाई प्राप्त हुन्न र भए पनि सदुपयोग गर्न कमैले सकिन्छ जुन बास्तबमै अहोभाग्य हो ।सुरक्षा फौजको पेशा ब्यारेकको बसाई, सामुहीक मेशको भोजन, कठिन परीस्थीतिमा संगै खटीने, संगै मर्ने क़सम खाई एकले अर्को साथिको या आफ्नो कमान्डरको ज्यान आफु लाई जोखिममा पारेर पनि बचाउन लागी पर्ने,समान लक्ष्य – सगौरब जनताहरुको जीउ धनको सुरक्षार्थ जस्तो सुकै चुनौति र बिषम परीस्थिती बाबजुत पनि आफु लाई समाहित गर्ने , बर्धीधारी रास्ट्र सेवक हुनुको परीचय बुझ्न बुझाउन जरुरी छ यो जागीर मात्र कदापी होईन रास्ट्र सेवक जागीर संगै मुलुकको सेवाको बिशेष अबसर पनि हो ।
जबकि बिदा अधीकार होईन सहूलियत हो भन्ने मान्यता बोकेको बर्दीधारी रास्ट्र सेवक हुनुको गौरब संगै पिडाबोध, परीबारबाट हमेशा टाडा रहनुको अनुभुति भोग्ने ले मात्र महसुश गर्छन । तर हामि लाई तालीम लगायत माथीको कमान्डरले जागीर भनेर कहीले पनि भनिदैन किन भने सुरक्षामा खटीने कर्मचारी हरुको चौबिसै घन्टा निश्चित पोशाक र असभाबहरु साथमा लिएर भनिएको स्थानमा जुनसुकै अबस्थामा खटीई तोकिएको कार्य सम्पादन गर्नु लाई फौजको परम कर्तब्य मानिन्छ ।
समाजमा अशांत गड़बड़ी, जनताहरुको जीउ धनको सुरक्षा गर्ने सुरक्षा फौजी हरुमा जागीरे मनःस्थिति बाट काम सम्पन्न हुनै सक्दैन भन्ने आम फौजी मान्यता छ । यस पेशामा चाहीन्छ त केवल चेन अफ कमान्ड बाट भीत्र देखिको लादीएको अनुशासन, स्वयंको परिस्थिति जन्य मूल्यांकन सहीतको तत्परता र मानविय सेवाको भाव ।पछील्लो समयमा आफु तिन दशक रास्ट्र सेवक रुपी जागीर बाट अबकास पश्चात भू पु संघमा आबद्धता जनाई सुदर पश्चिम हुदै पूर्वको बीराटनगर,धरान, काभ्रे चितवन लगायत पछील्लो पटक लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम मा प्रदेश को राजधानी भालुबागं दागंमा सहभागीता जनाउने अबसर मिल्यो ।
बिभीन्न जील्लाहरु बाट स्वच्छीक रुपमा बिभीन्न तहका ठुलो संख्याका पूर्व सुरक्षा कर्मि साथीहरु लगायत कर्तब्य पालनाको सिलसिलामा बिभीन्न घटना, आन्दोलन जस्तो बिषम समयमा अनुशासीत, कर्तब्य परायणताको भाबना सहीतको उच्च मोराल बाट ड्यूटीमा खटीदा आफ्नो ज्यानको समेत पर्बाह नगरी आहुति दिने बहादुर रास्ट्र सेवक हरुको परीबार जन हरु संग भेटघाट, केही सहयोग रकम हस्तान्तरण लगायत अबकास जीबन लाई कसरी उर्जाबान, समाजको भलो हुने क्षेत्र हरुमा लगाउने जस्तो सामाजिक उत्तरदायित्व बहन गर्ने अभीयान संगै आफ्नो आय आर्जनको सम्भावना लाई सदुपयोग गर्दै मनोभाव उच्च गर्नु पिर मर्काको समाधानार्थ सशस्त्र प्रहरी संगठन लगायत नेपाल प्रहरी र अन्य प्रशासनिक एवं सुरक्षा निकायहरु सहकार्य गर्ने, संगठनको कल्याणकारी योजना बाट प्रदान हुदै आएका स्वास्थ्य, शिक्षा लगायत अन्य सेवा सुबिधाहरुको समन्धी बिषय प्रतिको निजहरुको मनोभाव बुझ्ने, पूर्व रास्ट्र सेवकहरु प्रतिको नेपाल सरकार संगको अपेक्षा लाई समेत अन्तरकृया सहित बिबीध कार्यक्रममा सहभागीता जनाउन यस केन्द्रीय पूर्व सशस्त्र प्रहरी संघको अध्यक्ष ए आई जी (अ प्रा) रबी राज थापा ज्यू संग केन्द्रीय प्रतिनिधित्व गर्ने अबसर जुर्यौ ।
उक्त कार्यक्रमको बिशिस्ट अतिथिको रुपमा सोही क्षेत्रका स्रद्धेय बाहीनीपति डी आई जी अभी खत्री ज्यू को पहलमा अधीकृत हरु गंगा राम, दिपक थापा, जीबन के सी दिपक बलामी साबहरुको समन्वयन बाट सम्पूर्ण कार्यक्रमको ब्यबस्थापन मिलाईएको थियो भने हाम्रो बिचको समन्बयको भूमिकामा उक्त लुम्बिनी प्रदेशका सल्लाहाकारको भूमिका निभाई रहेका मित्र गुणाखर खनाल र सोही प्रदेशका अध्यक्ष बिस्णु कार्की लगायतका समूहको पहल कदमी प्रसंशनिय रह्यो । सहभागी सबैमा एक प्रकारको उत्साह र स्वच्छीक तत्परता बाट हामि सबैमा नया उत्साह बडाउने काम भएको अबस्था थियो ।
अकस्मात् यात्रारत क्रममा बिडम्बनाको खबर पायौ ।हाम्रो पूर्व सशस्त्र प्रहरी संघको एक होनाहार बरीस्ट हबल्दार प्रकाश रोकाय केही बर्ष देखि क्यान्सर पिडीत भई चितवनमा उपचारको लागी रही सोही समयमा आफ्नो अस्थायी बासस्थान टिकापुरमा असहामिक मृत्यूबरण गरेको र आर्थिक अबस्था अत्यन्तै नाज़ुक रहेको हुदा आफन्तजन र छिमेकी हरु बाट सतगत गर्न समेत चन्दा उठाउने तयारी रहेको खबर सुदुर पश्चिम क्षेत्र प्रमुख हर्क रावल ज्यू बाट जानकारी हुनासाथ दिमाग़मा बिगतका याबत कुराहरु मडारिन पुग्यो । पूर्व सशस्त्र प्रहरी संघको औचित्य प्रति प्रश्न ओईरियो, एउटा ईमानदार रास्ट्र सेवक पक्कै पनि अबकास पश्चात अपहेलित हुनु पर्ने अबस्था लाई हामि तमाम पूर्व सशस्त्र प्रहरी संघको हजारौ सदस्य हरु र सिगो सशस्त्र प्रहरी संगठन प्रमुखको हैसियत बाट केही गर्नु पर्छ भन्ने मनसाय बाट समन्धीत सचीबालयमा रिपोर्टीग पश्चात निजको कठिन आर्थिक अबस्था लाई मध्ये नजर गरी संगठन प्रमुख आई .जी.पी . राजु अर्याल ज्यू बाट निजको संगठन र बहालीमा रहदा रास्ट्र सेवक बनेर पुर्याएको योगदानको कदर स्वरुप रु २० हज़ारको सहयोग तत्कालै पुर्याउने आदेश भयो जुन सत्कर्म प्रति हामि पूर्व सशस्त्र प्रहरी संघमा आबद्धता जनाएका रास्ट्र सेवकहरुको मनोभाव र मोरालको उच्चता को मापन स्वरुप स्रद्धाले हजारौ शिरहरु झुकेको अबस्था सन सनी फैलिए भने पूर्व संघको अध्यक्ष ज्यू बाट रु १५ हज़ार को सहयोग घोषणा हुदाको ख़ुशी एवं उक्त टिकापुर का छिमेकी हरु, आस्रित स्रिमती सानो उमेरका छोरा हरु,परीबार जन हरुमा परेको सकारात्मक सोच हामि समग्र संगठन र सेवा बाट अबकास प्राप्त रास्ट्र सेवक हरुको लागी बिशेष अर्थ रहन्छ जुन शब्द मा ब्यक्त गर्न सकीदैन पनि केवल अनुभुति गर्ने हो ।
लोकतांत्रिक व्यवस्थामा आआफ्नो पेसा ब्यबसायमा रहेकाहरु को हित र अधीकार को संरक्षण गर्न आबद्धता जनाउने हक़ सुनिश्चित गरीएको हुन्छ ।हामी फौजी हरु सारा जबानी रास्ट्र सेवक बनेर कठिन परीस्थितीहरुमा समेत मुलुक र मुलुक बासी हरुको सेवा सुरक्षा र सहयोगमा जीन्दगीको उर्जाबान समय बिताएको हुन्छौ ।
पक्कै पनि पदमा रहदा कर्त्तव्य पालनाको सिलसिलामा रास्ट्र सेवक बनेको अबस्था मा निश्चित पद जीम्बेबारी सानो ठुलो हुन्छ नै त्यस्तै आपसमा समन्ध नजीक टाडा पनि स्वभाबिक छ मन मुटाबको अबस्था पनि आउनु स्वभाबिक छ । तर यती गहन रास्ट्र सेवक बनेर देशको बिदेसमा शान्ति सुरक्षा जनताहरु को जीबन र सम्पती को रक्षा गर्ने जीम्मा पाउने अबसर लाई जो जस्ले ईमानदारी पूर्वक सदुपयोग गरे ती महान हुन । यसरी हामि समस्त पूर्व सशस्त्र प्रहरी संघको सदस्य बनेर जीम्मेबारी निभाउने अबसर लाई सदुपयोग गरौ ।
बहालीमा रहेको फौज र अबकास जीबन बीताउदै रहेका फौजी हरुमा समन्वय र सहकार्यको बाताबरण बनाउने सत्कर्ममा लागौ । जसरी आज टिकापुरका स्व प्रकाश भाई बाचुन्जेल हामि मनकारी साथीहरु को सहयोग बाट क्यान्सर जस्तो घातक रोग संग लड्ने सहाश जुटायौ र मृत्यु बरण पश्चात पनि अन्तीम घाट सम्म हामी फौजी हरुको साथ सहयोग जुटाउन सम्मान गर्न संगठन र रास्ट्रको झन्डा ओडाउन एकजुट प्रदर्शन गरीयो । अब ति अबोध संन्तान हरु र धर्म पत्नी प्रतिको सेवा भाबमा लागौ भन्ने सनसाय सहित जयनेपाल !
भनिन्छ नि बाचुनजेल तमाम साथीहरु संगै रासन पानी एउटै रास्ट्राय पोशाक मा सजीने ! मरेपछी उनिहरुको सलामी सहीतको मलामीमा खटीने !
जय नेपाल जय मातृभूमि
यो लेख स्व प्रकाश बहादुर रोकाय भाई लगायत सबै रास्ट्र सेवक सहीदहरु प्रति सम्मान सहित समर्पित केही शब्द रुपी सुन्दर  गुँथा हरु समर्पित गर्नु आफ्नो नैतिक ज़िम्मेदारी सम्झेर ।
साथीहरु मैले के पाए हैन मैले के दिए भन्ने सोच र मनःस्थिति बदलौ परीस्थिती आफै सहज बन्ने छ ।
जय नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१