५ दिनको अवधिमा एउटै स्थानबाट ११ किलो सुन बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८०, सोमबार ०६:२०

काठमाडौं। दोलखाबाट थप ४ किलो सुन बरामद भएको छ । प्रहरीले आज दोलखाको विगु गाउँपालिका १ स्थित लामाबगरबाट ४ किलो सुन बरामद गरेको हो ।

प्रहरीले लामाबगरस्थित बारीमा ढुंगाले थिचेर राखिएको अवस्थामा उक्त सुन बरामद गरेको हो । सुन कस्ले र कहाँबाट ल्याएर राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  दोलखाको उत्तरी नाका लामाबगरबाट मात्रै गत पाँच दिनको अवधिमा ११ किलो सुन बरामद भएको छ । यसअघि प्रहरीले दुई पटकमा ७ किलो सुन बरामद गरेको थियो ।

सुन प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१