राष्ट्रिय बास्केटबल लिगमा बूढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८०, आईतवार ०६:३८

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय बास्केटबल लिग (एनबीएल) मा बूढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्न लागेको छ । क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी लिगमा प्रतिस्पर्धाको लागि तयार भएको जानकारी गराएको छ ।

क्लबले पत्रकार सम्मेलन मार्फत लिगका लागि तयार टिमका खेलाडि र टिम जर्सि सार्वजनिकरण गरेको थियो ।

कप्तान पुष्प राउतको नेतृत्वमा रहेको खेलाडि समुहमा बिराज राणा, तेन्जिङ् शेर्पा, तेन्जिङ सोनाम, सौगात मल्ल, पर्गुन महर्जन, आशिस महर्जन, प्रशिद्ध मगर, सुरज सिग्देल, आङ फुर्बा शेर्पा, आकाश कुमार र सिभम कुमार छन् ।

जसमध्य १८ बर्षिय तेन्जिङ शेर्पा उमेरमा लिगकै सबैभन्दा कान्छा खेलाडि हुन् भने आकाश कुमार र सिभम कुमार क्लबका लागी भारतबाट आएका अन्तराष्ट्रिय खेलाडि हुन् । लिगको अवधारणा अनुसार समुहमा २ जना अन्तराष्ट्रिय खेलाडि समावेश गर्न पाईन्छ ।

यस्तै, टिम प्रशिक्षकको रुपमा नेपाल यु-१८ बास्केटबल समुहका पूर्व प्रशिक्षक प्रेम होना छन् । टिमको सम्पुर्ण व्यवस्थापन म्यानेजर प्रविन भण्डारीले सम्हालेको क्बलले जनाएको छ । टिम म्यानेजर प्रविन भण्डारीका अनुसार लिगमा क्लबको मुख्य प्रायोजकको रुपमा रिलायन्स कलेज रहेको छ भने सह-प्रायोजन आ.जि.आई. ईन्स्योरेन्सले गरेको छ । यस्तै बूढानीलकण्ठ नगरपालिका,‌ पिक सुज, फ्रेश फार्मस् रेसोर्ट, वृटान्निया विस्किट लगायत विभिन्न निकायबाट पनि विशेष आर्थिक तथा अन्य सहयोग पाएको भण्डारीले जोड्नुभयो ।

नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा लिग सिंगल राउन्ड रोबिनको आधारमा असोज १२ देखि २७ गतेसम्म चल्नेछ । लिगको सम्पुर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुने छ ।

हरेक टिमले एकआपसमा खेलेपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । लिगमा २८ खेल हुनेछन् । लिगको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार, प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी (एम.भी.पी.) ले ५० हजार पाउने नेपाल बास्केटबल संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई, बूढानीलकण्ठ बास्केटबल क्लबका अध्यक्ष रिसभ श्रेष्ठ, रिलायन्स कलेजका प्रतिनिधि, प्रशिक्षक प्रेम होना, म्यानेजर प्रविन भण्डारी लगायत सम्पुर्ण खेलाडि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१