विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८०, आईतवार ०६:१६

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित एक जना फिलिपिनो नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी फिलिपिनो नागरिक अर्बिकोन अरोन्स मानालाङ दुई किलो ७२० ग्राम सुनसहित शुक्रबार राति पक्राउ गरेको हो ।

भन्सार छलेर लैजान लागेको अवस्थामा विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१