सामाजिक तथा अन्तरजातिय प्रेमकथा र दशैं मा आधारीत सर्टमुभी “बिचल्ली”

evccfn@gmail.com' rastriyakhabar
१३ आश्विन २०८०, शनिबार २१:४५

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिदैं गर्दा यहि कथा वस्तुमा आधारीत बिभिन्न भिडियो श्रृंखलाहरु सार्वजानिक हुने गरेका छन् ।
सामाजिक तथा अन्तरजातिय प्रेमकथा र दशैंलाई कथा वस्तु बनाएर तयार गरिएको बिकास थापा मगर अभिनित सर्टमुभी “बिचल्ली” सार्वजानिक भएको छ ।
अन्तरजातिय प्रेम बिबाह र एकल महिला माथि हुने यौनजन्य हिंसालाई मुख्य कथा बस्तुमा समेटेर अभावको दशैं कस्तो हुन्छ भन्ने बिषयमा समेत देखाउन खोजिएको यो सर्टमुभीले दर्शकहरुलाई भरपुर मनोरन्जन मात्र होईन सामाजिक चेतनाको समेत ज्ञान दिएको छ ।
धनेश्वर फिल्मस्को ब्यानरमा बनेको यो सर्टमुभीमा साया भण्डारी,बिकास थापा मगर,पदम राई,समिर श्रेष्ठ,सन्ध्या श्रेष्ठ,अर्जुन सिलवाल,सुसान्त बर्देवा,बालकलाकार जेसिन्थ तामाङ लगायतको अभिनय रहेको छ ।
सर्टमुभीमा छायांकन तथा सम्पादन राजु श्रेष्ठ,कथा तथा परिकल्पना पुर्ण परियार,लेखन तथा निर्देशन खमेश श्रेष्ठको रहेको छ ।
बिभिन्न चलचित्र तथा म्युजिक भिडियो हरुमा समेत अभिनय गरेका बिकास थापा मगर युवा निर्माण ब्यवसायी पनि हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१