मिर्चैयामा जारी क्रिकेटमा हिमालय फाइनलमा प्रवेश– फाइनलमा आयोजक र हिमालय भिड्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७१, शुक्रबार १४:१९

एस.पी.गौरब
सिरहा,१४ कार्तिक ।

download (3)

सिरहाको मिर्चैयामा जारी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा हिमालय युवा क्लव नक्टाझिज प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा युथ एलवन क्रिकेट टिम जनकपुरलाई २३ रनले पराजित गर्दै हिमालय युवा क्लव फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो व्याटिंग रोजेको हिमालय युवा क्लव नक्टाझिज १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । प्रति उत्तरमा युथ एलवन जनकपुरले १९ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सकेको थियो । नक्टाझिजका लागि २७ रन र २ विकेट लिएका अनिल महतोलाई म्यान अफ दि म्याच घोषीत गरिएको आयोजकले जनाएको छ ।प्रतियोगिताको फाइनलमा आज शुक्रबार आयोजक मिर्चैया क्रिकेट टिम र हिमालय युवा क्लव नक्टाझिज बीच खेल हुनेछ । सो खेल शुक्रवार हुने आयोजकले जनाएको छ ।हिमालय युवा क्लव आयोजक मिर्चैया क्रिकेट टिमको ‘बी’ टिम, भारत विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जयनगर क्रिकेट टिम र सप्तरी जिल्लाको राजविराज क्रिकेट टिमलाई पराजित गरेर फाइनलमा पुगेको हो । हिन्दुहरुको महान पर्व दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरीएको जारी सो खेल मिर्चैयाको मोहन उच्च माविको खेल मैदानमा भईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१